बीपी राजमार्ग मर्मतका लागि राति ७ घण्टा बन्द हुने
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो।काठमाडौं, मंसिर ६ : गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द हने भएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो।
सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुंगा(भ्याकुरे खोला) देखि माम्तीखोलासम्म मर्मतका लागि रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाइएको छ।
बीपी राजमार्गको प्रस्थान बिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ।
सडक डिभिजनले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ।
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नालामा डुबेर युवतीको मृत्यु भएको घटनाबारे छानबिन समिति गठनमंगलबार, मंसिर १८, २०८१
नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणामंगलबार, मंसिर १८, २०८१
चितवनमा आज सकिएन रवि लामिछानेको बयान, भोलि फेरि लिइनेमंगलबार, मंसिर १८, २०८१
कालीगण्डकी करिडोर भोलिदेखि एक साता बन्द हुनेमंगलबार, मंसिर १८, २०८१