Kathmandu Press

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज हुँदै

बिहीबार भारतीका सेनाध्यक्ष उपेन्द्र द्विवेदी र नेपालका प्रधानसेनापति अशोकराज सिग्देलबीच जंगीअड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए। 
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज हुँदै

काठमाडौं, ६ मसिर : लामो समय देखि सहकार्य गर्दै आएका नेपाल र भारतका  सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुने भएको छ। 

बिहीबार भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी र नेपालका प्रधानसेनापति अशोकराज सिग्देलबीच जंगीअड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए। 

पाँचदिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीका सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम समेत रहेको छ।

सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ। खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दी औं देखि दुई मुलुुकबीचको सम्बन्धलाई यसले अझ सुमधुर बनाएको छ।

गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो । 


 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, मंसिर ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्