राष्ट्रपतिद्वारा पूर्वसभामुख ढुंगानाका परिवारप्रति समवेदना
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन्।
काठमाडौं, मंसिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन्।
पूर्वसभामुख ढुंगानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको थियो। उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए।
प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार