Kathmandu Press

आज विश्व टेलिभिजन दिवस मनाइँदै

१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । 
आज विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाडौं, मंसिर ६ : आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । 

१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । 

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ ।

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

प्रकाशित मिति: ०८:४२ बजे, बिहीबार, मंसिर ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्