Kathmandu Press

भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की

बिस्नोई अहिले भारतको तिहाड जेलमा छन्।
भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की

काठमाडौं, मंसिर ५ । भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा केही व्यवसायीहरूले बिस्नोईको नामबाट धम्की आएको  भन्दै उजुरी दिएका हुन्।

सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार चार नेपाली व्यापारीहरूलाई भारतीय नम्बरबाट बिस्नोईको नाम लिएर धम्कीपूर्ण फोन आएको हो।

सिआइबीले त्यसबारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

बिस्नोई अहिले भारतको तिहाड जेलमा छन्।

उनी जेलभित्रबाटै आपराधिक गतिविधि सञ्चालन गर्दै आएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।

पछिल्लो समय भारतका पूर्वमन्त्री ६६ वर्षीय बाबा सिद्धिकीको हत्यामा उनकै संलग्ना रहेको खुलेको थियो।  भारतीय चर्चित गायक सिद्धु मुसेवालाको सन् २०२२ मा भएको हत्यामा पनि उनकै समूहको संलग्नता रहेको खुलेको थियो।

बलिउड सुपरस्टार सलमान र साहरूख खानलाई पनि पटकपटक तिनै समूहबाट धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले यसअघि खुलासा गरेका थिए।   

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, मंसिर ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्