Kathmandu Press

एमाले जागरण सभाको कार्यक्रमस्थल परिवर्तन, दरबारमार्गमा हुने

जागरण सभा संयोजन समितिका संयोजक रहेका राजन भट्टराईले बुधबार एक सूचना जारी गर्दै सभा जागरण सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्। 
एमाले जागरण सभाको कार्यक्रमस्थल परिवर्तन, दरबारमार्गमा हुने

काठमाडौं, मंसिर ५ : नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा दरबारमार्गमा गर्ने भएको छ। 

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको उक्त सभाका लागि स्थान परिवर्तन गरिएको हो। 

जागरण सभा संयोजन समितिका संयोजक रहेका राजन भट्टराईले बुधबार एक सूचना जारी गर्दै सभा जागरण सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्। 

सूचनामा जागरण सभाअघि हुने ¥याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने र दरबारमार्गमा पुगेर सभामा परिणत हुने भट्टराईले जानकारी दिएका छन्। 

एमाले ¥याली भद्रकालीबाट सुरू भईसुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुग्ने बताउँदै सोह अनुरुप ट्राफिक व्यवस्थापन मिलाउन आग्रह समेत गरिएको छ। 

एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा जागरण सभा हुन थालेको हो । संयोजक भट्टराईले जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुरÞ्याउने उद्देश्य लिएको जानकारी समेत दिएका छन्।

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्