Kathmandu Press

माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप, केही घाइते 

सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेशद्वार नजिक रोक्न खोज्दा अगाडि बढ्न खोजेपछि झडपको रुप लिएको हो। 
माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप, केही घाइते 

काठमाडौं, मंसिर ५ : माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ । झडपमा प्रहरीको लाठीबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेशद्वार नजिक रोक्न खोज्दा अगाडि बढ्न खोजेपछि झडपको रुप लिएको हो। 

सहकारी पीडित रकम फिर्ता पाउनुपर्ने माग गर्दै ललितपुरको पुल्चोकमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए । नाराबाजी गर्दै प्रहरीको घेरा तोडेर माइतीघरतर्फ बढ्नेक्रममा बल प्रयोग भएको हो। 

निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले लाठी प्रहार गर्दा केही सहकारीपीडित घाइते भएका छन्। 
 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, मंसिर ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्