Kathmandu Press

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियामा छौं : दाहाल

अध्यक्ष दाहालले आफैंले नेतृत्व गरेको सरकारले सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगका लागि आवश्यक विधेयकको अन्तिमरूप दिइएकोमा उनले खुसी व्यक्त गरे।
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियामा छौं : दाहाल

काठमाडौं, मंसिर ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले नेपालमा शान्ति प्रक्रियाको काम टुंग्याउने प्रक्रियामा रहेको बताएका छन्। 

शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको अवसरमा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेपाललाई शान्तिको मोडेलका रूपमा प्रस्तुत गर्न सकिने पनि उनले बताए।

२०६३ सालमा मंसिर ५ गते तत्कालीन सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। 

अध्यक्ष दाहालले आफैंले नेतृत्व गरेको सरकारले सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगका लागि आवश्यक विधेयकको अन्तिमरूप दिइएकोमा उनले खुसी व्यक्त गरे।

‘हामी अहिले शान्ति सम्झौताको मूलभूत भावनाअनुसार शान्ति प्रक्रियाको बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ । म खुसी छु कि मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगका लागि आवश्यक विधेयकको अन्तिमरूप दिइएको थियो,’ दाहालले भनेका छन्, ‘आज त्यो निष्कर्षतिर जाँदैछ । हामी सबै यसमा खुसी छौँ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास आफूले लिएको बताए। 

नेपाली जनताले संविधानसभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत विकास र समृद्धिको जस्तो अपेक्षा गरेका थिए, त्यो हुन नसकेमा जनतामा असन्तुष्टि रहेको उनले बताए। 

सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पसाथ जरुरी पर्दा संविधानलाई अझ परिमार्जन गर्दै जानुपर्ने आवश्यकता रहेको पनि दाहालले बताए। 

यस्तै, दाहालले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन्। 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, मंसिर ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्