Kathmandu Press

देशमा विधिको शासन कायम गर्न सरकार लागि परेको छ : गृहमन्त्री 

उनले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुपर्ने भन्दै देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए।  
देशमा विधिको शासन कायम गर्न सरकार लागि परेको छ : गृहमन्त्री 

कञ्चनपुर, मंसिर ५ : गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडी बढ्नु पर्ने बताएका छन्। 

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानिय सरकारको महत्वपूर्ण भुमिका हुने बताए। 

Hardik ivf

‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौं। चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ,’ उनले भने,  ‘अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ, त्यसका लागि पनि स्थानिय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ।’  

उनले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुपर्ने भन्दै देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए।  

उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको पनि बताए। 

‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ । हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौं,’ उनले भने। 

प्रकाशित मिति: १५:२६ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्