Kathmandu Press

भारतीय सेनाका स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँ आइपुगे 

द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न नेपाल आएका हुन्। 
भारतीय सेनाका स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँ आइपुगे 

काठमाडौं, मंसिर ५ : भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार काठमाडौँ आइपुगेका छन्।

द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न नेपाल आएका हुन्। 

भोली (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट द्विवेदीलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ। 

द्विवेदी ५ दिन नेपाल भ्रमणमा रहुने छन् । भ्रमणकाक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। 

द्विवेदीले गत नोभेम्बर १ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, मंसिर ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्