Kathmandu Press

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीका चौधरी निर्विरोध 

प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसबाट चौधरी निर्विरोध हुने बाटो खुलेको हो। 
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीका चौधरी निर्विरोध 

काठमाडौं, मंसिर ५ : स्थानीय तहको उपनिर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्।

प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसबाट चौधरी निर्विरोध हुने बाटो खुलेको हो। 

जिल्ला समन्वय समितिमा कांग्रेस र नाउपाको मात्र उम्मेदवारी परेको थियो। कांग्रेसलाई एमालेले समर्थन गर्ने सहमती थियो। 

यसअघि जिसस प्रमुख जितेका पदमबहादुर कलेलको निधनपछि रिक्त पदमा उपचुनाव भएको हो। 
 
प्रकाशित मिति: १५:०६ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्