Kathmandu Press

जलवायु परिवर्तन र सामाजिक असमानताले बालबालिकामा प्रभाव परिरहेको छ : मन्त्री शाही

मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव हुने बताएका हुन्।
जलवायु परिवर्तन र सामाजिक असमानताले बालबालिकामा प्रभाव परिरहेको छ : मन्त्री शाही

काठमाडौं, मंसिर ५ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गरेका छन्। 

बुधबार विश्व बाल दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव हुने बताएका हुन्।

Hardik ivf

‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिवद्घता व्यक्त गर्ने अवसर पनि हो। बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्। उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ,’ उनले भने, ‘तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ।’

उनले नेपाल सरकारको तर्फबाट बालबलिकाहरुको अधिकार सुनिश्चत गर्न र बालबालिकाको आवश्यकताहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्ने बताए। उनले जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार प्रतिवद्घ रहेको समेत बताए।

उनले जलवायु परिवर्तनका कारण सम्बन्धित क्षेत्रका बालिकाहरुको सुरक्षित र स्वच्छ जीवनको लागि सरकारले प्रभावकारी नीतिहरु र कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताए। 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्