सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि १५६ को आवेदन
सरकारले गठन गरेको सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारी बन्नका लागि गठित समिति समक्ष उक्त संख्यामा आवेदन परेको हो।
काठमाडौं, मंसिर ५ : सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि एक सय ५६ जनाले आवेदन दिएका छन्।
सरकारले गठन गरेको सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारी बन्नका लागि गठित समिति समक्ष उक्त संख्यामा आवेदन परेको हो।
समितिका अनुसार मंगलबारसम्म अनलाइन र भौतिक उपस्थिति गरी एक सय ५६ जनाको आवेदन दर्ता भएको छ । भौतिक रूपमा उपस्थित भएर ८९, अनलाइनबाट २०, सङ्घ संस्थाबाट सहमतिमा २० र सहमतिपत्र नभई २७ जनाले आवेदन दिएका हुन्।
दुईवटा आयोगको अध्यक्षका लागि १८ जनाले आवेदन दिएका छन् । एक सय २५ जनाले महिला सदस्यका लागि आवेदन दिएका छन्। समितिले सबै नाम सार्वजनिक गर्ने तयारी गरेको छ।
पूर्व प्रधानन्यायाधीश ओमप्रकास मिश्रको संयोजकत्वमा सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गाउन सिफारिस समिति गठन भएको थियो।
प्रकाशित मिति: १४:५० बजे, बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












