Kathmandu Press

दुर्गा प्रसाईं ५ दिन थुनामा रहने

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।
दुर्गा प्रसाईं ५ दिन थुनामा रहने

काठमाडौं, मंसिर ५ : साइबर अपराधमा अनुसन्धनका लागि मंगलबार पक्राउ परेका मेडिबल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो। मंगलबार भक्तपुरस्थित घरबाटै पक्राउ परेका प्रसाईंलाई म्याद थपका लािग बुधबार बिहानै अदालत पेश गरिएको थयो।

उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोप छ। प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो।

महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ।

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, मंसिर ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्