Kathmandu Press

प्रसाईं पक्राउ परेपछि समातिएका ९ जनामाथि अभद्र व्यवहारमा अनुसन्धान 

उनीहरु प्रसाईंको भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए। प्रसाईंलाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घरबाट नियन्त्रणमा लिएको थियो। 
प्रसाईं पक्राउ परेपछि समातिएका ९ जनामाथि अभद्र व्यवहारमा अनुसन्धान 

काठमाडौं, मंसिर ५ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि समातिएका ९ जनामाथि अभद्र व्यवहारको कसुरमा प्रहरी अनुसन्धान बढाइने भएको छ। 

उनीहरु प्रसाईंको भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए। प्रसाईंलाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घरबाट नियन्त्रणमा लिएको थियो। 

Hardik ivf

प्रसाईंलाई पक्राउ गर्न सिआइबी टोली पुग्दा अवरोध पुर्‍याउँदै अभद्र व्यवहार गरेको भन्दै २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसमध्ये नौजनामाथि अभद्र व्यवहारमा अनुसन्धान गरिने भएको हो। 

अभद्र व्यवहारमा समातिएकालाई बुधबार सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिने भएको छ। 

यता, पक्राउ परेका प्रसाईंलाई पनि बुधबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) ऐन, २०६३ को दफा ४७ अनुसार प्रहरी अनुसन्धान अघि बढाएको छ।

 प्रसाईंमाथि कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै ‘फेक’ भिडिया सामग्री सार्वजनिक गरेको आरोप छ। 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्