Kathmandu Press

दुर्गा प्रसाईंलाई म्याथ थपका लागि अदालत पेश गरियो

ुप्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि सिआईबीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो।  
दुर्गा प्रसाईंलाई म्याथ थपका लागि अदालत पेश गरियो

काठमाडौं, मंसिर ५ : मंगलबार भक्तपुरस्थित घरबाटै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। 

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। 

प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि सिआईबीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो।  

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोप छ। उनीमाथि किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ। 

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्