म्याद थपका लागि प्रसाईंलाई अदालत पेस गरिँदै
मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित उनको निजी निवासबाट पक्राउ परेका प्रसाईलाई म्याद थपका लागि बुधबार अदालत पेस गर्न लागिएको हो।
काठमाडौं, मंसिर ५ : विद्युतीय कारोबार(साइबर अपराध) मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ।
मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित उनको निजी निवासबाट पक्राउ परेका प्रसाईलाई म्याद थपका लागि बुधबार अदालत पेस गर्न लागिएको हो।
सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ।
प्रसाईंमाथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोप छ। प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको र उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने ब्युरोले जनाएको छ।
प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए।
प्रकाशित मिति: १०:५३ बजे, बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












