Kathmandu Press

पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय 

खुमलटारमा बसेको बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। 
पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय 

काठमाडौं, मंसिर ४ : नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ।  

मंगलबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। 

‘आजको बैठक संक्षिप्त भयो धेरै एजेण्डा पनि भएन, पहिलो एजेण्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘त्यो पालिका सम्मेलनका लागि विधान त पास भई सकेको हो। त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ।’

उनले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरु लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए। 

‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरु लिइएको छ। अहिले सम्म सकारात्मक नै छ भन्ने छ । कतिपय ठाँउमा सुनिश्चित जस्तै छ,’ उनले भने, ‘बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ।’ 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, मंसिर ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्