Kathmandu Press

संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

उनले संघीयताप्रति ध्यान नगएको भन्दै नेपालमा अरु सबै परिवर्तन तिव्र रुपमा हुने तर संघीयता कार्यान्वयन नभएको बताए। महत्वपूर्ण ऐन नबन्दा संघीयतालाई कार्यान्वयनले पूर्णता नपाएको उनले बताए। 
संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

काठमाडौं, मसिर ४ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरुको कमजोरीको कारण संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया : विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सबैको अगाडि माफी माग्नुपर्ने भन्दै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा हुनपर्ने काम नभएको बताए। 

Hardik ivf

‘मैले तपाईहरुको अगाडि माफि माग्नुपर्छ, म र म जस्तै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण अहिले पनि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा काम भइरहेको छैन,’ उनले भने, ‘स्थानीयका अधिकारहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून वा प्रदेशका लागि आवश्यक कानून बन्दा पनि हस्तान्तरण भएका छैनन। प्रदेश प्रहरीको व्यवस्था गरेका छौं, तर जो प्रधानमन्त्री भएपनि त्यस्तो अधिकार दिदैँन् आफैसँग राख्न चाहन्छ।’

उनले संघीयताप्रति ध्यान नगएको भन्दै नेपालमा अरु सबै परिवर्तन तिव्र रुपमा हुने तर संघीयता कार्यान्वयन नभएको बताए। महत्वपूर्ण ऐन नबन्दा संघीयतालाई कार्यान्वयनले पूर्णता नपाएको उनले बताए। 

सामाजिक विभेदहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता महशुस भएर जनयुद्धको सुरुवात भएको पनि उनको भनाई छ। 
 
प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्