Kathmandu Press

डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना अस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 
डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

डडेल्धुरा, मंसिर ४ : डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

कञ्चनपुरको दैजीबाट यात्रु बोकेर डडेल्धुराको सलेता जाँदै गरेको लु१ज ४५७९ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन्।

Hardik ivf

घाइतेमध्ये ४ जना गम्भीर छन् । उनीहरूमध्ये एक जना अस्थाव चिन्ताजनक रहेकाे प्रहरीले जनाएको छ। 

मृत्यु दुवै जना महिला छन्। तर, उनीहरुको परिचय भने खुलेको छैन।

गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको छ। 

प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्