Kathmandu Press

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन थुनामा राख्न अनुमति

म्याद थपका लागि अधिकारीलाई प्रहरीले मंगलबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो। जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, मंसिर ४ : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखिने भएको छ। 

म्याद थपका लागि अधिकारीलाई प्रहरीले मंगलबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो। जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी पक्राउ परेका थिए। 

उनीमाथि प्रहरीले मानव तस्करीको आरोपमा छानविन गरिरहेको छ।

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्