Kathmandu Press

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति

मंगलबार राष्ट्रपति भवन शितल निवासमा समाज सुधारक शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणाको २५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन।
नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति

काठमाडौं, मंसिर ४ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् देशको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन्।

मंगलबार राष्ट्रपति भवन शितल निवासमा समाज सुधारक शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणाको २५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताएका हुन।

‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्ण राख्न नेपाल संवत्को भूमिका महत्वपूर्ण रहेको भन्ने लाग्छ,’ उनले भने।

शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वका लागि एक उदाहरणीय कार्य रहेको बताउँदै राष्ट्रपति पौडेलले उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गरे।

कार्यक्रममा बागमती प्रदेशका पर्यटन संस्कृति मन्त्री विमल ठकुरी, बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा लगाएत प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, मंसिर ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्