Kathmandu Press

पूर्वडिआइजी जोशीलाई काठमाडौं ल्याईंदै

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो।
पूर्वडिआइजी जोशीलाई काठमाडौं ल्याईंदै

काठमाडौं, मंसिर ४ : प्रहरीले सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट काठमाडौं ल्याउँदै छ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो।

आइतबार जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै जोशीलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीको अनुरोध अनुरुप जोशीलाई अनुसन्धानका लागि काठमाडौं ल्याएपछि अदालतमा म्याद थप लागि पेश गरिने छ।

प्रहरी समक्ष जोशीको बयान सकिएपछि लामिछानेलाई ल्याउने तयारी छ।

 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्