प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने
भक्तपुरस्थित घरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ।काठमाडौं, मंसिर ४ : मंगलबार भक्तपुरस्थित घरबाट पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ।
उनीविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले मुद्दा चलाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।
प्रवक्ता बोगटीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पठाउने र उनलाई सिआईबीकै हिरासतमा राखेर उनलाई कारबाही अगाडि बढाइने बताए।
प्रसाईंले प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छरेका कारण त्यस कसुरमा आकर्षित हुने दफा बमोजिम मुद्दा अगाडि बढ्ने प्रवक्ता बोगटीको भनार्ईं छ।
प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१