Kathmandu Press

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

केहीबेर अघि उनलाई भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो। 
घरबाटै पक्राउ परे दुर्गा प्रसाईं
फाइल तस्बिर।

काठमाडौं, मंसिर ४ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। 

केहीबेर अघि उनलाई भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो। 

प्रधानमन्त्री ओलीविरुद्ध दुस्प्रचार गरेको आरोप सिआईबीले उनलाई पक्राउ गरेको हो।

उनले सोमबार मात्र प्रधानमन्त्री केपी ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको आरोप लगाएका थिए।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्