‘प्रहरी समायोजन ऐन आउँदो अधिवेशमा संसदमा पेश हुन्छ’
मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको बताए।कैलाली, मंसिर ४ : गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन्।
मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको बताए।
कार्यक्रममा उनले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिए। उनले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरे।
कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति छ।
प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१