Kathmandu Press

शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन

मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै  गृहमन्त्री लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई  निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउन सुरक्षा निकायकालाई निर्देशन  दिएका हुन।
शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर।

कैलाली, मंसिर ४ : गृहमन्त्री रमेश लेखकले शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई  निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउने वातावरण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन  दिएका हुन।

Hardik ivf

गृहमन्त्री लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।  उनले–‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो।’

लोकतन्त्र मर्यादित व्यवस्था भएकाले अनुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिएका छन्। 

उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभइ सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने समेत बताए।

सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, सुदूरपश्चिम प्रदेशका सुरक्षा निकाय प्रमुख, नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागीता छ।

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्