दुई संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त बिधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने छ ।काठमाडौं, मंसिर ४ : संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त बिधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने छ ।
साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुने पनि कार्य सूचि रहेको छ ।
यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि समितिको सभाहलमा बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुने छ ।
प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१