Kathmandu Press

उप–निर्वाचन : उमेदवारको नामावली आज प्रकाशन हुने

निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने छ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । 
उप–निर्वाचन : उमेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं, मंसिर ४ : स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । 

निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने छ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । 

Hardik ivf

सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाले उमेदवारी दिएका छन् । 

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्