ढुंगानाको पार्थिक शरीरमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
प्रधानमन्त्री ओलीले सानो गौचरण पुगेर ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।काठमाडौं, मंसिर ३ : प्रधानमन्त्री केपी ओलीले स्वर्गिय पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री ओलीले सानो गौचरण पुगेर ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, कानुनव्यवसायी, पत्रकार, आफन्तजन लगायत सानो गौचरण पुगेका छन्।
ढुंगानाको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ।
पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको आइतबार निधन भएको थियो ।
प्रकाशित मिति: १३:५६ बजे, सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आईडिया स्टुडियो नेपालको आठौं सीजनका लागि आवेदन खुलासोमबार, मंसिर ३, २०८१
ढुंगानाको पार्थिक शरीरमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा सोमबार, मंसिर ३, २०८१
ढुंगानाको निधनप्रति कांग्रेसले आधा झण्डा झुकाउने र शोकसभा गर्नेसोमबार, मंसिर ३, २०८१
नेपाल एयरलाइन्सकाे मकालु विमानले थाल्याे अन्तर्राष्ट्रिय उडानसोमबार, मंसिर ३, २०८१