नेपाल एयरलाइन्सकाे मकालु विमानले थाल्याे अन्तर्राष्ट्रिय उडान
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकपछि मकालु विमानले पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।
काठटमाडौं, मंसिर ३ : नेपाल एयरलाइन्सको मकालु (एन–एएलजेड) विमानले नियमनित अन्तर्राष्ट्रिय उडान थालेको छ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकपछि मकालु विमानले पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।
मकालु विमान आज बिहान ८ः५२ मा इटालीबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। योसँगै नेपाल एयरलाइन्सका चारवटै विमान सञ्चालनमा आएका छन्।
प्रकाशित मिति: ११:५५ बजे, सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार