Kathmandu Press

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा ल्याइयाे

सानाे गाैचरणामा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जलि प्रकट गर्ने कार्यक्रम छ। 
पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा ल्याइयाे

काठमाडौं, मंसिर ३ : पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ। 

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।

Hardik ivf

सानाे गाैचरणामा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जलि प्रकट गर्ने कार्यक्रम छ। 

त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो।

अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ। सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ। 

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

राजनीति क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए। वि.सं २०४८ मा काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए। 

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ।

प्रकाशित मिति: ११:४६ बजे, सोमबार, मंसिर ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्