Kathmandu Press

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो। 
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं, मंसिर ३ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो। 

बैठक भोलि अपरान्ह ४ बजे बस्ने छ । 
 

प्रकाशित मिति: ११:३० बजे, सोमबार, मंसिर ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्