आज उमेदवारको विरोधमा उजुरी दिन सकिने
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।काठमाडौं, मंसिर ३ : स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ ।
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाले उमेदवारी दिएका छन् ।
प्रकाशित मिति: १०:४३ बजे, सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल एयरलाइन्सकाे मकालु विमानले थाल्याे अन्तर्राष्ट्रिय उडानसोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा ल्याइयाेसोमबार, मंसिर ३, २०८१
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगितसोमबार, मंसिर ३, २०८१
आज उमेदवारको विरोधमा उजुरी दिन सकिनेसोमबार, मंसिर ३, २०८१