कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
काठमाडौं, मंसिर ३ : देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












