पूर्वसभामुख ढुंगानाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका छन् ।-1725984770.jpg)
काठमाडौं, मंसिर २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका हुन्।
उनले ढुंगानाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खवरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको भएको थियो।
पशुपतिनाथ आर्यघाटमा भोलि उनको अन्त्येष्टी गरिनेछ।
प्रकाशित मिति: २०:३४ बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












