Kathmandu Press

४४ मध्ये २६ ठाउँमा मात्रै दियो रास्वपाले उम्मेदवारी, कुन ठाउँमा को ? (सूची)

यी हुन् रास्वपाका २६ उम्मेदवार
४४ मध्ये २६ ठाउँमा मात्रै दियो रास्वपाले उम्मेदवारी, कुन ठाउँमा को ? (सूची)

काठमाडौं, मंसिर २ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह उपनिर्वाचनका लागि २६ ठाउँमा मात्रै उम्मेदवारी दिएको छ।

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको छ। जसअनुसार उपनिर्वाचन हुने ४४ मध्ये २६ ठाउँमा मात्रै रास्वपाले मनोनयन दर्ता गराएको रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको संयोजक गणेश पराजुलीले जानकारी दिएका छन्।

मंसिर १६ मा कोशी प्रदेशका ९ स्थानमा, मधेसका ७ ठाउँमा, बागमतीका ७ ठाउँमा, गण्डकीको एक ठाउँमा, लुम्बिनीका ६ ठाउँमा, कर्णालीका ८ ठाउँमा र सुदूरपश्चिमका ६ ठाउँमा उपनिर्वाचन हुँदैछ।

रास्वपाले कोशीका ७ ठाउँमा, मधेसका दुई ठाउँमा, बागमतीका ४ ठाउँमा, गण्डकीको एक ठाउँमा, लुम्बिनीको चार ठाउँमा, कर्णालीका ६ ठाउँमा र सुदूरपश्चिमको दुई ठाउँमा उम्मेदवारी दिएको हो।

पराजुलीका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका मेयर र वडा १ र ४ को अध्यक्ष तीन वटै पदका लागि उम्मेदवारी दिएको छैन।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा रास्वपाले नवीनकुमार खवासलाई उम्मेदवार बनाएको छ।

तेह्रथुमको लालीगुँरास नगरपालिका-८ को वडाध्यक्षमा संजीव खड्का, सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा शशीकुमार शाहुले मनोनयन दर्ता गराएका छन्।

यी हुन् रास्वपाका २६ उम्मेदवार

467241386_550761774330488_8231665404636852788_n-1731851503.jpg
 

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्