Kathmandu Press

चार राजदूतले लिए शपथ

आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
चार राजदूतले लिए शपथ

काठमाडौं, मंसिर २ : चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनियुक्त राजदूतहरूमा पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 
प्रकाशित मिति: १९:१९ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्