पृथ्वी राजमार्गको गोरेचौतारामा दुईवटा बस ठोक्किदा २९ जना घाइते
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।तनहुँ, मंसिर २ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन्।
गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ।
हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:५९ बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंमा छबिलाल जोशीको बयान सकियो, रवि लामिछानेलाई ल्याउने तयारीबिहीबार, मंसिर ६, २०८१
इजराइलका प्रधानमन्त्री र पूर्वरक्षामन्त्री विरूद्ध पक्राउ पुर्जी जारीबिहीबार, मंसिर ६, २०८१
मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशनबिहीबार, मंसिर ६, २०८१
काठमाडौं महानगरको कार्यालय परिसरमा भोलिदेखि निःशुल्क पार्किङबिहीबार, मंसिर ६, २०८१