Kathmandu Press

पूर्वसभामुख ढुंगानाको शव शिक्षण अस्पतालको शवगृहमा राखियो, अन्त्येष्टि भोलि आर्यघाटमा गरिने

ढुंगानाको पार्थिव शरीर भोलि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने उनका स्वकीय डा. रुद्र शर्माले जानकारी दिए। 
पूर्वसभामुख ढुंगानाको शव शिक्षण अस्पतालको शवगृहमा राखियो, अन्त्येष्टि भोलि आर्यघाटमा गरिने

काठमाडौं, मंसिर २ : पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ। 

कलेजोसम्बन्धी रोगबाट पीडित रहेका ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका आइतबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको थियो।

सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ढुंगानाको पार्थिव शरीर भोलि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने उनका स्वकीय डा. रुद्र शर्माले जानकारी दिए। 

उनी २०४६ सालपछि पहिलो निर्वाचित प्रतिनिधिसभाका सभाममुख हुन्। काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित भएका उनी २०४८ देखि २०५१ सालसम्म सभामुख थिए। 
 

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्