Kathmandu Press

पूर्वसभामुख ढुंगानालाई राष्ट्रपतिले दिए श्रद्धाञ्जली

आइतबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका छन्। 
पूर्वसभामुख ढुंगानालाई राष्ट्रपतिले दिए श्रद्धाञ्जली

काठमाडौं, मंसिर २ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका छन्। 

‘पूर्वसभामुख दमननाथ ढुगानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपतिले लेखेका छन्। 

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो २ बजे उनको निधन भएको हो। वरिष्ठ अधिवक्ता समेत रहेका ढंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। 

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, मंसिर २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्