पूर्वसभामुख ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
सामाजिक सञ्जालमार्फत उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
काठमाडौं, मंसिर २ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
‘विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु,’ ओलीले भनेका छन्।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ः३० बजे ढुंगानाको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढंगाना कलेजोसँग सम्बन्धित समस्याबाट पीडित थिए।
उनी २०४८ देखि २०५१ सालसम्म सभामुख थिए।
प्रकाशित मिति: १६:११ बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












