Kathmandu Press

रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना

आइतबार दिउँसो २ बजे अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। काठमाडौंको फ्रन्टलाइन अस्पतालमा ढुंगानाको ८१ वर्षको उमेरमा निधन भएको हो। 
रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना

काठमाडौं, मंसिर २ : पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ।

आइतबार दिउँसो २ बजे अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। काठमाडौंको फ्रन्टलाइन अस्पतालमा ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको हो। 

ढुंगाना कलेजोको समस्याबाट पीडित थिए। घरबाट अस्पताल ल्याइपुर्‍याउँदा निधन भइसकेको जनाइएको छ। 

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए। उनी सर्वोच्च अदालत बारको पूर्वअध्यक्ष र नेपाल बारको पूर्व महासचिवसमेत हुन्।

तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रही राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका थिए। 

स्वर्गीय ढुंगानाका श्रीमती र एक छोरी छन्।  


 

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्