Kathmandu Press

श्रीलंकामा कम्युनिष्ट पार्टीको जितमा एमाले खुशी

संकटका बेला जनताले रोजेको विकल्पलाई सही रुपमा सफल पारेर श्रीलंकाले विश्वमै नमुना प्रस्तुत गर्न सकोस भन्ने  शुभकामना एमालेले दिएकाे छ।
श्रीलंकामा कम्युनिष्ट पार्टीको जितमा एमाले खुशी

काठमाडौं, मंसिर २: श्रीलंकामा नेशनल पिपुल्स पावर (एनपीपी) नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत पाएकोमा नेकपा एमालेले खुशी व्यक्त गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै श्रीलंकाको संसदीय चुनावमा वाम पार्टीले अभूतपूर्व सफलता पाएकोमा खुशी प्रकट गरेका हुन्।

महासचिव पोखरेलको बक्तव्यमा भनिएको छ– ‘हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको सफलताप्रति खुशी प्रकट गर्दछ।’

संकटका बेला जनताले रोजेको विकल्पलाई सही रुपमा सफल पारेर श्रीलंकाले विश्वमै नमुना प्रस्तुत गर्न सकोस भन्ने  शुभकामना एमालेले दिएकाे छ। 

श्रीलंकाको संसदीय चुनावमा २२५ मध्ये एनपीपी गठबन्धनले १५९ सिट जितेको छ। यसअघि संसदमा एनपीपीको ३ सिट मात्र थियो।

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्