Kathmandu Press

स्थानीय तह उपनिर्वाचनका लागि धमाधम उम्मेदवारी दर्ता हुँदै

कीर्तिपुरमा राप्रपाको तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ जसपा नेपालले तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ। पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
स्थानीय तह उपनिर्वाचनका लागि धमाधम उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, कात्तिक २ : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। 

बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। दिउँसोसम्म कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता गरेका छन्। कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन्। 

कीर्तिपुरमा राप्रपाको तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ जसपा नेपालले तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ। पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। राप्रपाले कीर्तिपुर नगरपालिका– ४ को वडाध्यक्षमा पनि तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ। 

Hardik ivf

राप्रपाका तर्फबाट वडाको अध्यक्ष पदमा तेस्रो लिङ्गी मनि महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन्।  

11a0c218-a130-4940-bd2f-30ecaba30227-1731833104.jpeg
दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै कांग्रेसकी पासदिकी तामाङ शेर्पा । 

कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विनोद महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता भएको छ। 

राप्रपाबाट काठमाडौँ महानगरपालिका– १६ को वडा अध्यक्ष पदमा श्यामकृष्ण श्रेष्ठले वडा कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। 

यता, हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेकपा एमालेका राजेश नगरकोटीले मनोनयन दर्ता गरेका छन्। दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ शेर्पाले मनोनयन दर्ता गरेकी छिन्। 

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दर्ता गराएका छन्। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा पनि राप्रपाबाट प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गरेका छन्। 

यस्तै, रास्वपाबाट वडाध्यक्ष पदका लागि आशावीर बलको मनोनयन दर्ता भएको छ । अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि उम्मेदवारी दर्ता गर्न आउने क्रम सुरु भएको छ। सातै प्रदेशका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ।

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्