गृहमन्त्री लेखक र एसएसबीका महानिर्देशकबीच भेटवार्ता
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ।काठमाडौं, मंसिर २ : गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ।
भेटमा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणका लागि सहकार्यका आग्रह गरेका छन्।
‘नेपाल–भारत सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबिचको सम्वन्ध थप बलियो हुनेमा विश्वस्त छु, सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनु पर्दछ,’ उनले भने।
भेटबार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोलीको टोली, गृह सचिब गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहभागी थिए।