Kathmandu Press

कांग्रेसले काठमाडौं–१६मा देवेन्द्र पाठक उम्मेदवार बनाउने

वडाध्यक्षको उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस भएकोमा संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो। 
कांग्रेसले काठमाडौं–१६मा देवेन्द्र पाठक उम्मेदवार बनाउने

काठमाडौं, मंसिर २ : आसन्न स्थानीय तह उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नंं. १६ को वडाध्यक्षमा नेपाली कांग्रेसले देवेन्द्र पाठकलाई उठाउने भएको छ। 

कांग्रेसले पार्टीका वडा सभापति समेत रहेका पाठकलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने गरेको हो। 

वडाध्यक्षको उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस भएकोमा संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो। 

यो वडामा गत निर्वाचनमा कांग्रेसकै मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो। 

अब पाठकले एमालेका लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छन्। माओवादीले भने उम्मेदवार घोषणा गरिसकेको छैन। 

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्