Kathmandu Press

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार नजिक 

काठमाडौं, वैशाख ७ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा....

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार नजिक 

काठमाडौं, वैशाख ७ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।  अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ ।

Hardik ivf

अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ ।

६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति: ०७:०४ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्