डिजेल र मट्टितेलको भाउ बढ्यो
प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ।
काठमाडौं, मंसिर १ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ।
प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।
निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। ्
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ।
उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ।
प्रकाशित मिति: १३:५० बजे, शनिबार, मंसिर १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(20)-1765017435.jpeg)






-1764753058.png)
-1764751301.jpg)
