एनपिएलकाे टाइटल प्रायाेजकमा सिद्धार्थ बैंक
सिद्धार्थ बैंक टाइटल प्रायोजन गरेसँगै अब एनपिएलको नाम ‘सिद्धार्थ बैंक एनपिएल’ हुनेछ।
काठमाडाैं, कात्तिक ३० : नेपाल क्रिकेट संघ (क्यान)ल पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल)लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गर्ने भएको छ।
क्यानले शुक्रबार एक कार्यक्रम गर्दै सोको जानकारी दिएको छ। सिद्धार्थ बैंक टाइटल प्रायोजन गरेसँगै अब एनपिएलको नाम ‘सिद्धार्थ बैंक एनपिएल’ हुनेछ।
बैंकले ५ वर्षका लागि एपिएलको टाइटल प्रायोजन गरेको छ। प्रायोजकनको रकम भने खुलाइएको छैन।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले रकम नखुलाए पनि कीर्तिमानी प्रायोजक भएको बताए।
८ टिमको सहभागीता रहने एनपिएल मंसिर १५ गतेबाट सुरु हुनेछ।
प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












